काठमाडौँ । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ कसरबाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ का १८, ३३ र ३५ वर्षीय पुरुषहरु र १५ वर्षीया बालिका छन् ।
त्यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सर्लाही गोडैत नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२,३४, ३४, ३५, ३८,३८ ४ ३९ वर्षीय पुरुष तथा १८ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।
नेपालमा कोरोनाबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७