काठमाडौं । नेपालमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पिसिआर परीक्षणका क्रममा ३ जनामा कोरोना पुष्टि भएको हो ।
बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या ४ सय ५७ पुगेकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७