काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार गरिएका परीक्षणबाट थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए ।
देवकोटाका अनुसार नयाँ संक्रमित झापका ८ र रुपन्देहीका १ जना छन् ।
योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ५३ पुगेको छ । संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ ।
यसैगरी बिहीबार थप ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । उनीहरु संक्रमणको नवौं दिनमा डिस्चार्ज भएका हुन् । यससँगै निको हुनेको संख्या ४९ जना पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७