रुपन्देही । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेसामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत थिए ।
प्रदेश-५ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बिहान ७ बजेर १० मिनेटमा उनको मृत्यु भएको पुष्टि गरे ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अवस्था निकै जटिल थियो , उनले भने, आज बिहान अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७