विराटनगर । प्रदेश १ को राजधानी विराटनगरकाे कोसी अस्पतालकाे काेभिड उपचार केन्द्रमा उपचाररत थप ८ जना संक्रमित डिस्चार्ज भएका छन् ।
निको भएर डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका स्थानीय छन् । अस्पतालका अनुसार उनीहरु गत वैशाख ५ र ९ गते भर्ना भएका थिए ।
डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहमद इद्रिस, २८ वर्षीय मोहमद साविर, ४० वर्षीय मोहमद सनौला र भारतीय नागरिकहरु मोहमद साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम छन् ।
डिस्चार्ज भएकामध्ये ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७