रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार रोल्पा अस्पतालको आइसोलेसनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो ।
२ वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ ।
टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसन वार्डमा रहेका बेला मृत्यु भएको रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट धनमाया घर्ती मगरले जानकारी दिइन् ।
हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र २ जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७