काठमाडौं । कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
संक्रमितमध्ये ६ जना महिला र ६ जना पुरुष छन् । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले दिएकाे जानकारी अनुसार जिल्लाको महाराजगन्ज नगरपालिकाका ९ र विजयनगरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७