धनकुटा । धनकुटामा ५ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा अस्पतालमा सोमबार ८३ जनाको स्वाब संकलन गरी धरान पठाइएकाेमा ६६ जनाकाे रिपाेर्ट आउँदा तीमध्ये ५ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।
रिपोर्टमा ४ पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको र बाँकी १७ जनाको बुधबारसम्म रिपोर्ट आइसक्ने अस्पताले जानकारी दिएको छ ।
थपिएका नयाँ संक्रमित मध्ये ३ जना २४, २८ र २९ वर्षका स्वास्थ्यकर्मी, र ३७ वर्षका यसअघि संक्रमण पुष्टि भएकी स्वास्थ्यकर्मी परिवारका सदस्य र ३५ वर्षका सुरक्षाकर्मी छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७