काठमाडौं । काठमाडौंमा २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
कालीमाटी वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।
कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको पनि पिसिआर टेस्ट गराउने तयारी भइरहेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि २ जना प्रहरीमा कोरोना देखिएको पुष्टि गर्दै आइसोलेसनमा राखिएको बताए ।
यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । आज थप २ जनाका कोरोना देखिएसँगै प्रहरीका ५ जना कोरोना संक्रमित भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७