जनकपुर । धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले आज आफ्ना निर्वाचन क्षेत्र लगायतका धनुषाका विभिन्न स्थानीय तहका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
नेता महासेठले ७० थान थर्मल गन र १५ हजार सर्जिकल मास्क स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका, मिथिला बिहारी नगरपालिकालाई थर्मल गण र मास्क उपलब्ध गराईएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७