काठमाडौँ । नेपालमा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।
नयाँ संक्रमितहरूमा झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौँका ३, भक्तपुरका १, ललितपुरका १, मकवानपुर १, रामेछाप १, सिन्धुलीको १, लमजुङको १, कपिलवस्तुका ४ र नवलपरासीका १ जना छन् ।
योसँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४ सय २ पुगेको छ । जसमा पुरुष ३ सय ४० र महिला ६२ जना छन् । संक्रमितमध्ये २ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७