विराटनगर । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै प्रदेशमा काेराेना संक्रमितकाे संख्या ५४ पुगेकाे छ ।
कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचनाकवलका हुन् । साेमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नम्बर २ का १८ वर्षीय युवक र अर्का १ जना सुरक्षाकर्मी रहेको जनाइएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७