काठमाडौं । साेमबार झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
जेठ २ गते भारतबाट आएका झापाको कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको हो ।
ती युवक नेपाल भित्रनासाथ उनलाई क्वारेन्टाइनमा राखिएकाले उनीबाट समाजमा कोरोना फैलने अवस्था भने हुन नपाएकाे बताइएकाे छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ । यसअघि साेमबार नै नेपालमा ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७