काठमाडौँ । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी गुल्मीका ४१ बर्षिय पुरुष, मोरङका १ पुरुष तथा धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका धनुषा, रौतहट, दाङ र धादिङका १-१ जनाको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ५७ पुगेकाे छ भने २ जनाको मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७