काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए ।
उहाँहरुको रिपोर्ट नेगेटिभ आएको छ। अब उहाँहरुलाई सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा पठाइने छ, डाक्टर ताम्राकारले भने, उहाँहरुलाई अब आइसोलेसनबाट क्वारेन्टाइनमा पठाइने छ।
सुत्केरी महिलाको मृत्यु भएलगत्तै शिशु र परिवारका सदस्यलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको थियो।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७