काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै थप ३ जनामा संक्रमण पुष्टि भएकाे जनाएको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट ३ जनामा कोरोना संक्रमण देखिएको हो । धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको बताइएकाे छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ भने १७ जना उपचारपछि निको भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेकाे छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७