काठमाडौं । नेपाली सेनाका २ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत २ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले शनिबार भेटिएका महोत्तरी र काभ्रेका २ संक्रमित सेनाका जवान भएको पुष्टि गरे । उनले उनीहरु मध्यपूर्वी पृतनामा कार्यरत रहेको र उनीहरुसँग सम्पर्कमा भएकाको खोजी कार्य सुरु भएको जानकारी दिए ।
योसँगै कोरोनाबाट संक्रमितको संख्या २ सय ७८ पुगेको छ । संक्रमितमध्ये २ सय २४ जना पुरुष र ५४ जना महिला छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७