काठमाडौं । थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७