काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज, उदयपुर, दाङ र काठमाडाैंका विभिन्न व्यक्ति संक्रमित भएको पुष्टि गरेको हाे ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा उक्त पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पर्साको वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४,५ र तुलसीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष, काठमाडौ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७