काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको परीक्षण गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास बढ्दै गएपछि व्यस्त मानिएको तरकारी बजारका व्यवसायी, चालक, भरिया, सरसफामा संलग्न कर्मचारी, सुरक्षाकर्मीको नमुना परीक्षण गरिएको हो ।
मन्त्रालयका अनुसार बिहीबार आरडिटीटी नमुना ४ सय र पिसिआर नमुना २ सय जनाकाे लिइएको छ । अन्य थप कर्मचारी र व्यवसायीको नमुना शुक्रबार लिने तयारी छ ।
बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिने भएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७