काठमाडौं । नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी (ब.सू.पू) देवचुली न.पा.–१२ निवासी ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७