वीरगन्ज । पर्साको वीरगन्जस्थित नारायणी उप-क्षेत्रीय अस्पतालबाट भागेका २ जना कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीले १ जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जनाएको छ । १ जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको हाे ।
दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७