काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यसअघि २ सय ५० जना संक्रमित भनी यसअघि आएकाे सूचनामा त्रुटि भएकाे भन्दै संक्रमितकाे संख्या २ सय ४५ मात्रै रहेकाे जनाएका छन् ।
यसअघि संक्रमितको संख्या २ सय ५० भनेकोमा मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो ।
बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो । तर ती संक्रमितहरू गत मंगलबार नै पुष्टि भएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७