काठमाडाैं । नेपालमा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बुधबार कपिलवस्तु र बाँकेका १-१ जना नयाँ संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका व्यक्ति कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुष हुन्
यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जिल्ला नेपालगन्ज वडा नन्बर ८ निवासी ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुवैकाे अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । यससँगै नेपालमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ सय १९ पुगेकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७