काठमाडाैं । नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भेटिएको छ ।
कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा कार्यरत १ स्टाफ नर्समा कोरोना संक्रमण भेटिएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका ८ जनामा संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा आज ८ जना संक्रमित थपिएसँगै जिल्लामा कुल संक्रमितको संख्या २९ पुगेको छ ।
यसैगरी मंगलबार नै पर्सामा कोरोना पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार रहेकाे पाइएकाे छ ।
नेपालमा हालसम्म १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ भने ३० जना उपचारपछि निकाे भएका छन् । ३३ जना अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरूमा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७