काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारले जनाएका छन् ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ९१ पुगेकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७