काठमाडौँ । नेपालमा काेराेना भइरसबाट संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे छ । साेमबार मात्रै नेपालमा २४ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् ।
सोमबार बिहान मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
रुपन्देहीमा यसअघि १ जनामा संक्रमण देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
यसैगरी साेमबार दिउँसाे सप्तरीमा पनि १ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७