काठमाडाैं । कपिलवस्तुमा कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पुष्टि गरेको हो ।
नयाँ भेटिएका संक्रमितहरूमा १८, १९, २४, ३०, ३१ वर्षका १-१ जना र २० तथा ३४ वर्षका २-२ जना छन् । संक्रमितहरू सबै पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ । १ जनाकाे उमेर खुलेकाे छैन ।
नयाँ संक्रमितहरू कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० का छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय २० पुगेकाे छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७