उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ सय १० पुगेको छ ।
दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप १ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोसी अस्पताल विराटनगरले जनाएको छ ।
यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका ३, कपिलबस्तुका ३ र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
३ जना महिला विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् । संक्रमण पुष्टि भएका १८, ४५ र ६५ वर्षीय महिलालाई शनिबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७