काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष छन् । यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ सय ९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७