काठमाडौं । नेपालगन्जमा थप १ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा शुक्रबार १६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
हाल देशभरका विभिन्न अस्पतालमा ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७