काठमाडौं । संघीय संसदका सांसदहरुको कोरोना परीक्षणका लागि थ्राेट स्वाब संकलन गरिएको छ। संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरुमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिएको हो ।
भोलि संघीय संसद् बैठक सुरु हुने भएकाले सांसदहरुको पिसिआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा सांसदहरुको बिहान १० बजेदेखि र प्रतिनिधिसभाका सांसदहरुको ११ बजेदेखि स्वाब निकाल्न थालिएकाे हाे । संघीय संसद् भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको र सांसदहरुको स्वाब संकलन आजै गरिसकिने संसद् सचिवालयले जनाएको छ।
मंगलबार बसेको कार्य व्यवस्था समितिको बैठकले सांसदहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो ।
बैठक स्थलमा १ सांसद र अर्को सांसदबीचमा २ कुर्सी खाली राखिने गरी सामाजिक दूरी कायम गरिने छ । संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७