काठमाडौँ । पर्सामा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका २ महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ जना महिला र १० जना पुरुष छन् ।
थपिएका सबै संक्रमित पर्सा जिल्लाका स्थानीयबासी हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७