काठमाडाैं । कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगन्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला छन् । मन्त्रालयका अनुसार उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य छ ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगन्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७