वीरगन्ज । वीरगन्जमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसकाे संक्रमण देखिएको हाे । नारायणी अस्पतालमा थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।
नारायणी अस्पतालका डा. उदय नारायण सिंहले संक्रमित युवकलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जानकारी दिए ।
३ नम्बर वडाका अध्यक्ष वैजु स्वर्णकारसँगै ती पुरुष गत शुक्रवार राहत वितरणमा सहभागी भएका थिए ।
याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ भने १६ जना उपचारपछि घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७