नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
रुपन्देही र बाँकेमा १-१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ ।
मन्त्रालयका अनुसार आज गरिएको परीक्षणबाट रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगन्ज बाँकेका ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७