काठमाडौं । नेपालका थप ३ जना काेराेना संक्रमित थपिएका छन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणका क्रममा बाराका २ र पर्साका १ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार समुदायमा संक्रमण बढेको छैन । ती तीनै जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।
पाण्डेका अनुसार संक्रमितमध्ये १ जना अस्पताल र अर्का २ जना क्वारेन्टाइनमा छन् । संक्रमित पुरुष ३१, ४३ र ४६ वर्षका छन् ।
आज थप ३ जनामा संक्रमण देखिएपछि संक्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।
अहिले ४१ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् । संक्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङ समेत भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७