काठमाडाैं । नेपालमा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै संक्रमितकाे संख्या ५४ पुगेकाे छ ।
रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का १-१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएकाे छ ।
कार्यालय प्रमुख महेश साहका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा २ जनामा कोरोना पाेजेटिभ देखिएकाे हाे ।
लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमुना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।
त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको साहले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७