विराटनगर । प्रदेश १ मा हालसम्म ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ।
द्रूत परीक्षण विधि (आरडिटी) बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ र ल्याबमा नमुना ल्याएर गरिने परीक्षण (पिसिआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडिटीबाट ३ हजार ८ सय ८ जना पुरुष र ७ सय ३७ जना महिलाको परीक्षण भएको छ ।
पिसिआरतर्फ ७ सय २० पुरुष र २ सय ५३ जना महिलाको परीक्षण भएको छ। प्रदेशमा हालसम्म ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म १ हजार ७ सय ७१ जना पुगेको छ । ४७ जना घर गएका छन् ।
अहिले क्वारेन्टाइनमा ३ सय ८ महिला र १ हजार ४ सय ६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । १ जना डिस्चार्ज भएका छन् ।
होम क्वारेन्टाइनमा जम्मा ५ हजार ७ सय ६० जनामा महिला १ हजार २ जना र पुरुष ४ हजार ७ सय ५८ जना छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७