काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
झापाका ५० वर्षीय १ पुरुषमा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । विराटनगरस्थित कोसी अस्पतालमा भएको परीक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको हो ।
कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।
आइतबार नै वीरगन्जका २ जना पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७