काठमाडौं । कर्पोरेट क्षेत्रमा सामाजिक कार्यलाई प्रचारप्रसारको विषय बनाउने प्रवृत्तिबीच अग्नि ग्रुपले भने सादगीपूर्ण रूपमा मानवीय सहयोग गरेको छ ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुप/महिन्द्राका तर्फबाट भदौ ११ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका थिए ।
यति ठूलो रकम सहयोग गरे पनि अग्नि ग्रुपले यसबारे कुनै आधिकारिक प्रेस विज्ञप्ति वा प्रचारात्मक विज्ञापन जारी गरेको छैन । संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारको माध्यम बनाउन नहुने मान्यताका कारण सहयोगबारे सार्वजनिक रूपमा प्रचार नगर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
व्यापारिक लाभभन्दा माथि उठेर राष्ट्रिय संकटका बेला निजी क्षेत्र नागरिकको साथमा उभिनुपर्ने दायित्वबोधलाई अग्नि ग्रुपको यस कदमले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३