काठमाडाैं । नेपालमा थप १४ जनामा काेराेना भइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
शुक्रबार मात्रै १४ जना संक्रमित थपिएका हुन् । उदयपुरका १२ जना र चितवनका २ जना गरी १४ जनामा संक्रमण देखिएकाे समाचार प्राप्त भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकै दिन उदयपुरमा १२ र चितवनमा २ गरेर १४ जना संक्रमित भेटिएको पुष्टि गरेको हो ।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा.खेम कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट पछि १४ जना थपिएको पुष्टि गरे ।
यीमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाका दुई जना (२ पुरुष, २७ र ६३ वर्षीय) लाई कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। संक्रमितमध्ये १ जना मात्र निको भएर घर फर्केका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७