विराटनगर । प्रदेश १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएको व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ।
झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिपाेर्ट काेसी अस्पताल विराटनगरमा पिसिआरबाट परीक्षण गर्दा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ ।
बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको छ।
ल्याबमा गरिने परीक्षण (पिसिआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको छ । ६५ महिला र २ सय ७६ पुरुषको परीक्षण गरिएको हो ।
परीक्षण नतिजामा ४९ महिला र २ सय ४३ पुरुषको रिपाेर्ट नेगेटिभ आएको छ । पिसिआर विधिबाट नमुना परीक्षण गरिएकामध्ये ५८ जनाको रिपाेर्ट आउन बाँकी छ।
हालसम्म दुवै विधिबाट आएको परीक्षणको नतिजा नेगेटिभ छ अर्थात् कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको काेसी अस्पतालमा पिसिआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ। प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमुना परीक्षणलाई तीव्रता दिएको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७