धनगढी । धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको रिपोर्टमा काेराेना पोजेटिभ देखिएको छ ।
धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटिपिसिर मेसिनमा थ्रोड स्वाबको नमुना परीक्षण गर्दा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो ।
सुर्खेतबाट २८ चैतमा ल्याइएको ९९ वटा थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रूकुम पश्चिमका २ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको बताइएकाे छ । केन्द्रीय प्रयाेगशालामा परीक्षणपछि मन्त्रालयले सार्वजनिक गर्न छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७