धादिङ । दक्षिण कोरियाबाट फर्किएका धादिङका १ युवकमा पनि र्यापिड टेस्टका क्रममा कोरोना एन्टिबडी पाेजेटिभ देखिएकाे छ ।
२८ वर्षीय ती युवक ४० दिनअघि दक्षिण कोरियाबाट फर्किएका हुन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का बस्ने ती युवककाे थप परीक्षणका लागि स्वाब संकलन गरेर टेकु पठाइएकाे छ ।
ती युवालाई भने जिल्लास्थित अस्पतालकाे आइसोलेसनमा राखिएकाे छ ।
२ महिना कोरिया बसेर फर्किएका उनी सामाजिक संस्थामा कार्यरत रहेको बुझिएको छ । उनी फर्किएपछि क्वारेन्टाइनमा बस्न भने पनि घरमै बस्ने भनेर पन्छिएका थिए ।
पछिल्लो पटक परीक्षण गर्दा पोजेटिभ देखिएपछि युवकका परिवारलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७