काठमाडाैं । काठमाडाैंकाे पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ मध्ये २ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी छ ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा ३ जनामा कोराेना पाेजेटिभ देखिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
साेमबार नै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको आरडिटीमा कोरोना संक्रमण देखिएकाे थियाे ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनामा कोराेना पुष्टि भएको छ भने १ जनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाब लिएर परीक्षण भइरहेकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७