काठमाडौँ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका ३ जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।
अपार्टमेन्टको १५औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
उक्त अपार्टमेन्टमा बस्ने ३ जनालाई स्वास्थ्य मन्त्रालयको आग्रहमा नियन्त्रणमा लिएर पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
पाटन अस्पताल स्राेतका अनुसार र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको आशंका गरिएपछि थप पुष्ट्याइँका लागि पीसीआर विधिबाट परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
उक्त परिवार चैत ५ गते लन्डनबाट फर्केको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७