काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितकाे संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार राैतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको हाे । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि आज बिहान मात्रै कैलालीकी ६५ वर्षीया महिलामा पनि काेराेना पुष्टि भएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७