काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्राेतले जनाएकाे छ । उनलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।
उनको मुटुको एउटा धमनी बन्द भएकाले शल्यक्रियामार्फत खोलिसकिएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए । उनका अनुसार भट्टराई खतरामुक्त छन् ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६