काठमाडौं । सरकारलाई सुमी फर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधिसभाका सदस्य कर्मा घलेले सो परिणाममा सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मन्त्री ढकालले उक्त सेनिटाइजर संघीय सरकारलाई ३ हजार लिटर र ७ प्रदेशलाई १ हजार लिटरका दरले वितरण गर्ने जानकारी गराए ।
उक्त सेनिटाइजर करिब १ करोड रुपैयाँ मूल्य बराबरको रहेको बताइएकाे छ । मन्त्री ढकालले सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेको भन्दै सहयोगका लागि धन्यवाद दिए ।
सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलब्ध गराएको बताए । औषधि व्यवस्था विभागबाट उत्पादन गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन सुरु गरेका हो ।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६